गोदावरीमा डुबान हुन नदिन मेयर भट्ट सहित को टिम भयो सकृय


अत्तरिया : बुधबार बिहानै देखि लगातार बर्षा जारी छ । बर्षा को कारण गोदावरी नगरपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेका छन् ।

अत्तरिया चोकमा पनि पानी जमेको छ । उचित निकास नहुँदा चोक बिगत देखि डुबानमा पर्दै आएको थियो ।

गोदावरी २ रिङरोड लगायत चारैतिरका गल्ली पनि डुबानमा परेका छन । यहाँ ठाउँ ठाउँमा नाली फुटेपछी पानीको निकास हुन सकेको छैन।

गोदावरीमा डुबान को अवस्था बुझ्न मेयर विरेन्द्र भट्टसहित को टोलि बिहानै देखि सकृय बनेका छन् ।

अत्तरिया चोकको पुर्वपट्टी रहेको सुकुम्बासी बस्तीमा ६ लेन सडक खण्डको नालीको पानी बस्तीमा पसेपछि नगर प्रमुख भट्ट सहित को टोलीले पानीलाई डाईभर्ट गरेका छन् ।

यस्तै वडा न १,२, ३ र ४ का बिभिन्न ठाउँमा नगर भट्ट सँगै नगर प्रबक्ता एबम वडा न। १ का वडा अध्यक्ष गोपालदत्त भट्टले यस पालिका भित्र डुबानमा परेका ठाउँहरुको स्थलगत अनुगमन सँगै डोजरले निकास निकाल्ने काम भईरहेको हो ।नगर प्रमुख भट्टले वर्षा जारी रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।

डुबानमा परेकाहरुलाई सहजीकरण र उद्दारका लागि पालिकासँग भएको स्रोत परिचालन गरीरहेको भट्टले जानकारी दिए।