पेचिलो बनेको वडा नम्बर २ मा केहि समय यताकाे दुवैपक्षकाे रस्साकस्सी पछि एक पक्षले नेतृत्व चयन गरेको घोषणा गरेको छ भने अर्को पक्ष सहभागी नभएकाे पाईएकाे छ । अाफुहरुले पार्टिकाे विधि र पद्दतिमा रहि वडा अधिवेशन गरेकाे र अर्काे पक्षलाई फाेन गरि सहभागीहुन अाग्रह गरेकाे तर सहभागी नहुने भनेपछि अाफुहरुले अधिवेशन सम्पन्न गरेकाे किर्त बहादुर चन्दले वताए ।
निर्बाचन अधिकृत किर्त बहादुर चन्दले हस्ताक्षर गरेको जानकारी पत्रमा अध्यक्ष डम्मर साउँद चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा हर्क बहादुर बिक , सचीवमा सरिता सुनार,उपसचिवमा नेहा श्रेष्ठ साउँद र बिश्वमति धामी चयन भएका छन् । उनिहरु सबै संस्थापन निकट हुन ।
संस्थापन इतर समुह भने निर्बाचन प्रक्रियामा नै सहभागी भएनन् । गोदावरीमा नगर को नेतृत्व चयन निर्बाचनबाट भएको थियो ।
त्यस यता दुई समुहले वडा वडामा आफू पक्षिय नेतृत्व चयन गर्न खोजेका थिए । अन्य वडामा सहजै सहमतिबाट नेतृत्व चयन भए पनि वडा नम्बर दुईमा भने सकस बन्दै आएको थियो । संस्थापन पक्षका अनुसार १२ वडा मध्ये १० वडामा अाफ्नाे पक्षकाे नेतृत्व रहेकाे वताएका छन ।
वडा नम्बर दुई प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट , दामोदर रिजाल , जिल्ला कमिटी सदस्य आनन्द भट्ट , गणेश जिमि साउँद ,पुर्ब मेयर हरि सिँ साउँद को वडा हो । 