गोदावरी नगरपालिकाले ल्यायाे १ अर्ब २२ करोडकाे बजेट


अत्तरिया:  कैलालीको गोदावरी नगरपालिकाले  अाफ्नाे १३अाै नगर सभामा आगामी आर्थिक वर्ष   २०२८१/०८२  को बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कुल १ अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

जसमा संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरणमा १९ करोड १२ लाख, राजश्व बाँडफाँडमा १८ करोड ७ लाख, समपुरक अनुदानमा १ करोड ४० लाख, विशेष अनुदानमा ४ करोड ३० लाख र सशर्त अनुदानमा ४४ करोड १ लाख ७९ हजार रहने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा १ करोड ८३ लाख ५६ हजार, राजश्व बाँडफाँडमा ६९ लाख ७७ हजार, समपुरक अनुदानमा १ करोड ५ लाख ७० हजार र विशेष अनुदानमा ३५ लाख रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाले राजश्व बाँडफाँड अन्र्तगत नै घरजग्गा रजिष्ट्रेसनमा ६ करोड ५० लाख, आन्तरिक स्रोतमा १३ करोड ७२ लाख ४३ हजार, विज्ञापन करमा ६ लाख ४० हजार, वन रोयल्टीमा १० लाख र बैंक मौज्दातमा ११ करोड रहने अनुमान गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब २२ करोड ९४ लाख ७० हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्ष भन्दा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ लाख ५ हजार रुपैया कम बजेट ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0