धनगढी उपमहानगरले गर्याे पुनः गर्मि विदा , छिमेकि नगरले गरेनन अझै विदा


उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै हाल अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा अध्यन/अध्यापन नगराई बिदाको व्यवस्था मिलाउन भनेको छ ।

उपमहानगरपालिकाले गर्मीलाई मध्यनजर गर्दै यसअघि जेठ १८ देखि २४ सम्म विद्यालयमा बिदा दिएको थियो । तर याे अत्याधिक गर्मि बढि रहदा पनि नजिकका नगरपालिकाहरुमा विद्यालयमा विदा गरेकाे पाईदैन ।   मनसुनका कारण पानी नपर्दा निरन्तर गर्मि बढिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0