स्वतन्त्र सांसद डा.जोशीले गरे मन्त्री पद अस्वीकार


अत्तरिया :  सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएका उनले उक्त मन्त्रालयको जिम्मेवारी नलिने बताएका हुन ।

जोशीलाई सोमबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री सोडारीले जोशीसहित ८ जनालाई मन्त्री नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए ।

तर, जोशीले  यस्ताे किसिमकाे जम्वाे मन्त्रीमण्डल र मन्त्रालय विभाजन गरि देशले अार्थिक संकटमा गईरहेकाे वेला अाफुले  याे मन्त्रीमण्डलमा सहभागि नहुने वताएका छन ।   उक्त मन्त्रालयको जिम्मेवारी नलिने बताएपछि मुख्यमन्त्रीले मन्त्रीहरूको नयाँ सूची प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् भने नया सूची अनुसारका मन्त्रीहरुले अाजै सपथ ग्रहण गरेकाे  सुदुरपश्चिम प्रदेश प्रमुखकाे कार्यालयले वताएकाे छ।