सुदुरपश्चिमकाे गेटा अस्पतालमा रोकिएको अन्तर्वार्ता २९ जेठ मङ्गलबार गरिदै


अत्तरिया : कैलाली   गाेदावरीको  गेटा अस्पतालमा रोकिएको अन्तर्वार्ता मङ्गलबार हुने भएको छ । अस्पतालमा करार सेवामा कर्मचारी भर्नाका लागि यहि वैशाख ३० गते भएको लिखित परीक्षाको जेठ २९ गते अन्तर्वार्ता हुन लागेको हो ।

गेटा अस्पतालमा कर्मचारी छनोटको प्रक्रिया लोकसेवा आयोगका परीक्षासँग जुधेपछि रोकिएको थियो । स्टाफ नर्सको अन्तर्वार्ता तोकिएकै समयमा भएपनि ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडियोग्राफी सहायक र फार्मेसी सहायकको अन्तर्वार्ता रोकिएको थियो ।

अस्पतालले गत चैत १४ गते १२ जना स्टाफ नर्स, ४ जना हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, फार्मेसी सहायक र रेडियोग्राफी सहायक ३/३ जना तथा फिजियोथेरापी सहायक १ जना गरी २६ सिटमा आवेदन आह्वान गरेको थियो । अन्तर्वार्ताका लागि यहि जेठ २९ गते बिहान १० बजे बोलाइएको  सुचना जारी गरिए छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0