पोखरामा हुने १५ वर्ष मुनिको बुद्धिचाल प्रतियोगिताका लागि सुदूरपश्चिमबाट खेलाडी छनौट


अत्तरिया : पोखरामा हुने १५ वर्ष मुनिको बुद्धिचाल प्रतियोगिताका लागि सुदूरपश्चिमबाट खेलाडी छनौट गरिएको छ।

सुदूरपश्चिम बुद्धिचाल संघको आयोजनामा भएको दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट खेलाडी छनौट भएका हुन्। धनगढीमा शुक्रवार सुरु भएको प्रतियोगिता शनिवार समापन भएको हो। यहि जेठ ३० देखि ३२ गते सम्म पोखरामा राष्ट्रिय प्रतियोगिता हुँदैछ। प्रतियोगिताका लागि ४ जना छात्र र ४ जना छात्रा छनौट भएका छन्।

छनौट हुनेमा छात्रतर्फ बैतडीका हार्दिक पन्त, रचित भट्ट र कञ्चनपुरका आयुसकुमार महरा, शुभम जोशी रहेका छन्। त्यस्तै छात्रातर्फ कैलालीका विधि भण्डारी, सुधा भट्ट र कञ्चनपुरका इशिका भट्ट, पलक लुहार रहेका छन्। छनौट भएका खेलाडीलाई मेडलका साथै प्रमाण पत्र पनि दिएको थियोे।

सुदूरपश्चिम बुद्धिचाल संघका अध्यक्ष भीमदत्त पाण्डेयको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम खेलकुद परिषद् सदस्य सचिव दिपकबहादुर सिंह प्रमुख अतिथि रहेका थिए। प्रतियोगितामा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, बैतडी, डडेल्धुरा, बझाङ र दार्चुलाका खेलाडीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा २५ जना खेलाडी सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0