प्लानेट भिटी अत्तरिया द्वारा सर्वत वितरण, सयाै व्यक्तिले पिए सर्वत 


प्लानेट भिटी द्वारा शुक्रवार अाज अत्तरियामा  सर्वत वितरण गरिएकाे छ । अत्तरियाकाे लाेटस गल्लीमा स्थानिय अाम नागरिक तथा विद्यार्थीहरुलाई (चिनिपानी ) सर्वत खुवाउने काम गरिएकाे संचालक पुस्कर शर्मा जाेशीले वताए ।

केहि दिन यता व्यापक रुपमा चरम गर्मि वढेपछि अाज उक्त सर्वत वितरण कार्यक्रम गरिएकाे उनले वताए । संचालक शर्माले  प्लानेट भिटीलाई अाफुले युग सुहाउदाे प्रावधिक तालिमहरु अत्तरियामै दिने ध्ययका साथ संचालनमा ल्याएकाे हुदा याे गर्मिलाई अलिकति भएपनि छल्ने गरि सर्वत पानी वितरण गरिएकाे वताए । अाज मात्रै सर्वत वितरण गर्नपुर्व  विहानका कक्षाहरुमा धनगढी तथा  विभिन्न क्षेत्रका  विज्ञहरुलाई वाेलाई मानव जिवनमा गीताकाे महत्व विशेष कक्षा संचालन गरिएकाे उनले वताए ।  प्लानेट भिटीले अत्तरिया धनगढी गेटा र स्याउलेमा  कम्प्यूटरका विभिन्न  कक्षाहरु , जापानीज, काेरीयन र अङ्ग्रेजी भाषा कक्षा मन्टेश्वरी  शिक्षा प्रदान गर्दै अाईरहेकाे संचालक पुस्कर शर्मा जाेशीले वताए ।  सुदुरपश्चिमका विद्यार्थीले विभिन्न देशका भाषा कक्षा र कम्यूटर तालिमकै लागी काठमाडौं जानुनपर्ने गरि याे  सेवा सुचारु गरेकाे समेत उनले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0