गोदावरी–६ लालपुर बजारकाे न्यू भुवन हार्डवयरमा आगलागी


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा आगलागी भएको छ । लालपुर चौराह नजिकै रहेको  न्यू  भुवन हार्डवयर पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागी अन्य सटरहरुमा समेत फैलिसकेको बताउदै ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा बहादुर थापाले आगो नियन्त्रणमा लिने प्रयास भैरहेको बताए । अहिले एउटा दमकल सहित स्थानिय र प्रहरीले आगो निभाउने प्रयास गरिरहेको उनले बताए । घटनाको यकिन क्षतिकाे बारेमा विस्तृत जानकारी भने आउन अझै बाँकी रहेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0