अधिबेशन को आज एमाले सचिब एबम कर्णाली इन्चार्ज लेखराज भट्ट ले उदघाटन गरेका हुन। नमस्ते पार्टी प्यालेस को सभा हलमा भैरहेको कार्यक्रम को विशिष्ट अतिथि पोलिटब्युरो सदस्य एबम कैलाली इन्चार्ज गणेश सिँ ठगुन्ना रहेका थिए ।
नगरकमिटीका कार्यबाहक अध्यक्ष सन्तोष सिँह को अध्यक्षतामा सन्चालन भैरहेको कार्यक्रममा केन्द्रिय सदस्य सन्तोष शर्मा, प्रदेश सचिब रण बहादुर चन्द , कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना लगाएतका नेताहरु को सहभागीता रहेको थियाे ।
खुल्लासत्र सकिए संगै भाेली विहान ११:०० वजे बन्द सत्र शुरु हुने कार्यबाहक अध्यक्ष सिंहले वताएका छन ।
अधिबेशनले अागामी ३ बर्ष को लागि नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्व चयन को लागि सहमति को प्रयास जारी रहेको नेताहरु ले बताएपनी सहमति हुने संभावना भने न्यून रहेको पाईन्छ ।