तरुण दल गोदावरीद्धारा गणतन्त्र दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न


अत्तरिया : गणतन्त्र दिवसकाे अवसरमा नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

मंगलवार १७ औं गणतन्त्र दिवसको अवसरमा रेडक्रस अत्तरियाकाे भवनमा  रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

रगतकाे अभाव हुने समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिका सभापति रमेश भट्टराईले बताए ।उनले रक्तदानलाई जीवनदानको रुपमा समेत लिईने भएकाले कार्यक्रममा सहभागि भएर रक्तदान गरिदिन सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनगढीको सहकार्य रहेकाे  बताए ।

रक्तदान कार्यक्रमकाे उद्घाटन गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले अायाेजकलाई महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा नियमित रक्तदाता दिपक उपाध्याय र  ८४ पटक रक्तदान गरिसकेका सेर सिंह खड्कालाई दाेसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0