आर्थिक वर्ष २०८१/०८२ का लागि गोदावरी -१ ले ल्यायो ८३ लाखकाे बजेट


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका – १ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख १७ हजार ८०७ रुपैया को बजेट ल्याएको छ । सोमबार वडा भेलाको आयोजना गर्दै १ नं वडाले  नगरपालिकाले पठाएको बजेट सिलिङ अनुसार सो मात्रामा बजेट ल्याएको जनाएको छ ।

नगरले पठाएको बजेट सिलिङ अनुसार वडाको समानिकरण बजेट ६० लाख रहेको छ भने २३ लाख १७ हजार ८०७ रुपैया सुत्रमा आधारित बजेटमा राखिएको छ । उक्त बजेटमा वडाले पुर्वाधार बिकासमा ४८ लाख, सामाजिक बिकासमा १३ लाख ५० हजार, आर्थिक बिकासमा १२ लाख, वातावरण तथा बिपद ब्यवस्थापनमा ५० हजार र सुशासन तथा संस्थागत बिकासमा ९ लाख १७ हजार ८०७ रुपैया छुट्याएको बताईएकाे छ ।

वडाले चालू आर्थिक वर्षमा ६२ लाख ५४ हजार १४३ रुपैया राजस्व उठाएको देखिएको छ । जस अन्तरगत  वडाले सम्पत्ति कर वाफत ६ लाख ८७ हजार ६८२, भुमिकर वाफत १ लाख ६७ हजार ८१९, बहालकरवाफत २७ लाख ७ हजार ८००, सिफारिस दस्तुर वाफत ६ लाख २० हजार ६३२ र अन्य दस्तुरवाफत १ लाख ९७ हजार २५७ राजस्व संकलन गरेको छ ।

यसैगरी अन्य कर वाफत ७५०, ब्यक्तिगत घटनादर्ता दस्तुर वाफत ७४ हजार ३००, नाता प्रमाणित दस्तुरवाफत ५१ हजार ४६०, प्रसाशनिक दन्ड जरिवाना वाफत १ लाख ७७ हजार १४० र ब्यवसाय कर वाफत १५ लाख ६९ हजार ३०० रुपैया राजस्व संकलन गरेको वडाध्यक्ष गोपाल दत्त भट्ट ले कार्यक्रममा  जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0