अत्तरियामा भोलिबाट एसइई फुटबल कप हुने


अत्तरिया :  कैलालीको अत्तरिया भोलिदेखि एसइई फुटबल कप २०८१ हुने भएको छ । त्रिनयन नेपाल र मानाङ्क फाउन्डेसन नेपालको आयोजना र अत्तरिया टेक्निकल कलेजको सह आयोजनामा जेठ ७ गते देखि १५ गते सम्म प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा एसइई सम्मका विद्यार्थी सहभागी हुने आयोजक त्रिनयन नेपालका अध्यक्ष जय धामीले बताए । धामीले प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहने बताए ।
प्रतियोगिता समयको सही सदुपयोग गराउन युवाहरूलाई कुलतबाट जोगाउन, स्थानीय स्थरमा रहेका खेलप्रेमि युवाहरूलाई प्रोत्साहनका साथै उनीहरूको व्यक्तित्व विकास, नेतृत्व विकास गराउने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए ।

प्रतियोगिता गोदावरी नगरपालिका – २ मा रहेको बनदेवी युवा क्लबको खेल मैदानमा हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार  तिस , द्धितिय पुरस्कार २० हजार वीस र उत्कृष्ट गोलकर्ता र गोलकिपरलाई ३/३ हजारका दरले पुरस्कार दिइने जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि एभरेष्ट एकेडेमी, डिएमसी होटेल म्यानेजमेन्ट लगायतका विभिन्न संघसस्थाहरु सँग सहकार्य गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0