अत्तरिया बसपार्कको क्षेत्रलाई व्यवस्थित तथा विस्तार गरिदै


अत्तरिया :  कैलालीको अत्तरिया बसपार्कलाई व्यवस्थीत गर्न थालिएको छ । नगरपालिकाले बसपार्कको खाली रहेको क्षेत्रलाई सम्याएर व्यवस्थीत गर्न लागेको हो ।

बसपार्कको व्यवस्थापनका लागि नगरपालिकाले स्थानिय निर्माण व्यवसायीहरुसँग सहयोग मागेको छ । स्थानिय निर्माण व्यवसायी राजेन्द्र खड्काले नगरलाई स्वस्फुर्त रुपमा सहयोग गरिरहेको बताए । उनले नगरपालिकाले बसपार्कलाई व्यवस्थीत बनाएर प्रयोगमा ल्याउने भएपछि आफुहरुले पनि सहयोग गरेको बताए ।

‘यो एउटा सामाजिक कार्य हो, यसमा सबैको हातेमालो आवश्यक पर्छ’ उनले भने ‘नगरलाई व्यवस्थीत बनाउनका लागि बसपार्क व्यवस्थीत बन्न आवश्यक भएकाले हामीहरुको तर्फबाट केही सामग्रीहरु प्रदान गरेर नगरलाई सहयोग गरिरहेका छौ ।’ खड्का सहित निर्माण व्यवसायी योेगेश भट्ट र सडक विभागका केही सवारी साधनहरु बसपार्कको व्यवस्थापनका लागि खटाईएका थिए । खड्काले एकतर्फ मात्रै रहेको बसपार्क व्यवस्थीत नहुँदा समस्या हुने गरेकाले नगरलाई तत्काल खाली रहेको भाग सम्याउनका लागि आफुहरुले सहयोग गरेको बताए ।

नगरप्रमुख विरेन्द्र भट्टले बसपार्कको प्रयोगमा नआएको क्षेत्रलाई सम्याएर व्यवस्थीत गर्न लागिएको बताएका हुन । उनले बसपार्कको व्यवस्थापन गर्न नगरपालिकाले काम गरिरहेको बताए । उनले यसअघि ठेलाहरु राखिएको र खाली रहेको स्थानलाई सम्याएर पुनः त्यसलाई व्यवस्थीत गरि प्रयोगमा ल्याउन सकिने किसीमले काम भैरहेको बताए । ‘अहिले बसपार्क जुन अवस्थामा छ, यो अलि साधुरो छ, यसलाई फराकिलो बनाउन आवश्यक छ’ उनले भने ‘पहाड जाने, पुर्वतिर जाने तथा यतै बस्ने सबै गाडीहरु एउटै ठाउँमा हुँदा यात्रुहरुलाई पनि समस्या हुने देखेर यसलाई केही परिवर्तन गर्न खोजिरहेका छौ ।’ उनले बसपार्कको उत्तरतिरको भागलाई अलि चौडा बनाए तत्काल पानीपिँचको रुपमा अगाडी बढाईरहेको उनले बताए ।

उनले नगरपालिकाले सपिङ्ग कम्प्लेक्स सहितको बसपार्कको अवधारणा अगाडी ल्याएको पनि बताए । उनले त्यसको डिपिआर पनि भैसकेको र अनुमानित लागत ५४ करोड लाग्ने देखिएको बताए । उनले अवधारणा अनुसार बसपार्क बनाउन सके नगरपालिकालाई वार्षिक १५-२० करोडको आयआर्जन गर्न सकिने देखिएको बताए ।

‘त्यो अवधारणाको काम भए नगरपालिकाको बसपार्क व्यवस्थीत बन्नुका साथै आर्थिक रुपमा पनि करोडौ आम्दानी हुने देखिन्छ’ उनले भने ‘त्यतिमात्रै नभई यहाँका ठेला व्यवसायीहरुले पनि व्यवस्थीत रुपमा व्यापार गरी आयआर्जन गर्नसक्नुहुन्छ, आफ्नो रोजगारीलाई अगाडी बढाउन सक्नुहुन्छ ।’ उनले बसपार्क क्षेत्रमा सपिङ्ग कम्प्लेक्स बनाउन सके बजार पनि व्यवस्थीत हुने र यहाँका सबै ठेला व्यवसायी पनि करको दायरामा आउने विस्वास व्यक्त गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0