अत्तरिया उद्योग बाणिज्य सघ परिसरमा सशस्त्रले आफ्नो भौतिक संरचना बनाउदैं


अत्तरिया : अत्तरिया उद्योग बाणिज्य संघ परिसरमा सशस्त्र प्रहरीले आफ्नो छुट्टै भौतिक संरचना बनाउन सुरु गरेको छ । अत्तरिया उद्योग बाणिज्य संघको भोगचलनमा रहेको जग्गामा सशस्त्रले आफ्नो दाबी गर्दै वायर हाउस (सुदुरपश्चिम प्रादेशिक स्टोर) निर्माण गर्न लागेको हो ।

तस्वीर: अत्तरिया उद्योग बाणिज्य सघ परिसरमा सशस्त्रले आफ्नो भौतिक संरचना निर्माण गर्दै

सशस्त्रले संघको परिसरमा पहिले व्याडमेन्टन कोर्ट निर्माण गर्ने भनेको र पछि वायर हाउस (सुदुरपश्चिम प्रादेशिक स्टोर) निर्माण गर्न थालेपछि उद्योग बाणिज्य संघले पनि आफ्नो अधुरो भवन निर्माणकार्य सुरु गरेको छ ।

तस्वीर :अत्तरिया उद्योग बाणिज्य संघले  आफ्नो अधुरो भवन निर्माणकार्य सुरु गर्दै

२०६२ सालदेखि संंघको भोगचलनमा रहेको जग्गामा सशस्त्रले हाल आएर आफ्नो दाबी गर्दै भौतिक संरचना बनाउन लागेको सघका अध्यक्ष कल्याण बोहराले बताएका छ्न । भने संघका पूर्व अध्यक्ष ललीत रोकायाले यो संघको भवन वन्दा सम्म कुनै चासो तथा विरोध नगरेको र अहिले आएर यसरी हस्तक्षेपकारी तरिकावाट प्रस्तुत हुनु सरासर ससत्रको गलत भएको वताए । रोकायाले वरु यो क्षेत्रमा संघको भवन निर्माण गर्दा यहाँको वन कार्यालय वाट दवाव आएको थियो जुन सवैमिली सहजीकरण गराएका थियौं तर आज आएर ससत्रले हस्तक्षेपकारी ढंगवाट प्रस्तुत हुदाँ हामी अचम्मीत भएका छौं भने । साथै यस विषयमा यस क्षेत्रका सम्पूर्ण राजनैतिक दलहरुले एकजुटै भई सामाजिक विकासमा अघिवढ्नुपर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0