सुदूरपश्चिमको विकास बिरोधी नबनिदिन डा गोबिन्द केसीलाई ‘आगो’को खुल्ला पत्र


अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा रहेको गेटा मेडिकल बिश्वविद्यालयलाई प्रतिष्ठान बनाएर सञ्चालन गर्नुपर्ने माग गर्दै डा। गोविन्द केसीले पशुपति मृगस्थलीमा (हिजो) शनिवार देखि फेरी २२ औं अनशन सुरू गरेका थिए । अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपरान्हदेखि डा। केसी अनसनमा बसेका थिए । यसै बिच गेटा मेडिकल बिश्वविद्यालय संघर्ष समिति संयोजक लोकराज पाण्डे ‘आगो’ले सुदूरपश्चिमको विकास विरोधी नबनी दिन भनि खुलापत्र सामाजिक संन्जाल फेसबुक मार्फत अपडेट गरेका छन । यस्तो छ संयोजक लोकराज पाण्डे ‘आगो’ को खुला पत्र :

आदरणीय डा गोविन्द के सी जीलाई चिठ्ठी।

आदर भरी नमस्कार सम्झना छ।

हजुरलाई सुदुर पश्चिमको कैलालीमा ६०० सैया अस्पताल सहित मेडिकल विश्व विद्यालय ( शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व बिद्यालय ) हुँदा के आपत्ति हुँदो रहेछ ?

१) डा. साफ तपाईँ त्यो विषयको विज्ञ ५८ वर्ष सरकारी जागिर खाँदै गर्दाको अवधिमा देश भर ३० वटा भन्दा वढी स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेज बनी रहदा। सुपमा एउटा पनि नहुँदा किन मौन हुनु भयो ?

२) डा. साफ आज ७७ बिगाहा जग्गामा झण्डै ७ अर्वको लगानीमा सम्पन्न संरचनामा सरकारले सुपलाई गरेको अन्यायको क्षतिपुर्ति सहित मन्त्री परिषद् वाट निर्णय गर्दै राष्ट्रिय सभावाट पास गरेर अगाडि बढाउन खोजेको मेडिकल विश्व विद्यालयको माहान अभियानलाई तपाईँको पटक पटकको रोकावतले तपाईँ प्रतिको सम्मान घटाएको छ ।

३)डा. साफ कुरा ठूला गर्ने अनि सोच राजधानी वा सहर वजार केन्द्रित ,तपाईहरु जस्ता योजनाकार हरुले गर्दा देशको समग्र विकासको गति यो दयनिय अवस्था तिर गएको हो कि जस्तो लाग्छ ।जसले गर्दा तल्लो स्तरमा जीवन यापन गरी रहेका जनताले स्वास्थ्य र शिक्षा वाट वञ्चित रहनु परेको छ ।

४) डा. साफ तपाईँ आफ्नो ठाउँमा ठीक हुनु होला तर तपाईँको पटक -पटकको जिद्दी अनशनले स्वास्थ्य क्षेत्र विश्व वजारमा उद्यो गति २०औं शताव्दी तर लम्की रहेको जस्तो लाग्दैन ? यो आजको वजार विश्व बाजार हो आफ्नो उत्पादन विश्वमा बेच्ने हो तर तपाईँ यसको प्रत्यक्ष खिलापमा हुनु हुन्छ ।

५) डा. साफ हामी दुई ठूला माहान देश चीन र भारतको बीचमा आफूलाई स्वास्थ्य र शिक्षामा चौगुना विकास गरेर वजारको रूपमा विकास गर्न सक्छु तर तपाईँ हरु जस्ता विद्द्वान हरुले गर्दा मेडिकल कलेज,नर्सिङ कलेज निजी स्तरमा खोल्न नपाउने ,भएका नर्सिङ कलेज ,मेडिकल कलेज बन्द गर्नु पर्ने अडानले स्वास्थ्य क्षेत्र धरपमा परेको छ ।

६) डा. साफ यो सोचले मुलुक वन्दैन फेरि हजुरको हिजो आजको अनसनको मूल उद्देश्य कैलालीको गेटामा मेडिकल विश्व बिद्यालय हुनु सक्दैन हुनु हुदैंन भन्ने छ रे ,नेपालमै सम्भव छैन भन्ने भन्नु हुन्छ रे । ए हजुर आज भन्दा आज भन्दा ७ दशक अगाडि त्रिभुवन विश्व बिद्यालय न खुलेको भए आज हाम्रो अवस्था के हुने थियो । विकास भविष्यलाई नजर गरेर गरिने कुरा हो होइन र ?

७) अर्को कुरा गेटामा मेडिकल विश्व विद्यालय वनाउदा पैसा छैन भन्नु हुन्छ रे तपाईँ अनि राजधानीमा वनाउनु पर्छ भन्ने तर्क के सही हो । सुपमा वनाउदा पैसा नहुने राजधानीमा वनाउदा हुने के कुराहो । यो तर्क नुसार तपाईँ १,२,३ सुप विरोधी मेडिकल माफियाहरुको अग्र स्थानमा रहेको पात्र हो कि ?

८) डा. कृपया सुपमा मेडिकल विश्व बिद्यालय वनाएर हामीलाई मेडिकल टुरिजम का रुपमा विकास गर्ने वाटोको अवरोध नगरी दिनुहोस । मेडिकल विश्व विद्यालय स्थापना गरेर सुपमा दर्जनौ नर्सिङ कलेज , मेडिकल कलेज लगायत स्वास्थ्य र शिक्षामा अनुसन्धान केन्द्र खोलेर छेमेकी राष्ट् हरुको शिक्षा र स्वास्थ्यको हव बनाउने रहर छ अवरोध नगरी दिनुहोस ।

तपाईँको उही
गतिलो अस्पताल नहुँदा भारतका अस्पताल हरुमा लाखौंको घर खेत वेचेर ज्यान जोगाई रहेको जीवन विरामी ।।।।
लोक राज पाण्डेय ‘आगो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0