अत्तरियामा सूर्याेदय वाेमी लघुवित्त द्वारा एकदिने बाख्रापालन तालिम सम्पन्न


अत्तरिया :  कैलालीकाे अत्तरियामा सूर्याेदय वाेमी लघुवित्त द्वारा एकदिने बाख्रापालन तालिम सम्पन्न भएकाे छ ।

कार्यक्रममा अत्तरिया शाखा प्रमुख दिपक महराले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथि गाेदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल रहेका थिए ।  कार्यक्रममा  विशिष्ट अतिथि विनाेद मल्ल र जय धामी रहेका थिए भने  । तालिममा ६५ जना महिलाहरु सहभागी रहेकाे शाखा प्रमुख दिपक महराले वताए ।

तालिमको शनिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दे अध्यक्ष मल्लले गोदावरीको लागि आवश्यक मासु यस क्षेत्रमै उत्पादन गर्न आवश्यक रहेको बताए । उनले जमै कुरा विदेशबाट ल्याउन यस क्षेत्रको विकास नहुने भएकाले स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कैलाली चम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले स्थानीय उत्पादन उपभोगमा जोड दिन सके स्थानीय व्यवसाय फस्टाउने बताए । उनले आफूले पनि लुगा कपडा देखि लिएर खानेकुरा सकेसम्म यस क्षेत्रमै उत्पादन भएको प्रयोग गर्ने गरेको बताउँदै सबैले स्थानीय बस्तुको उपभोग गरे मात्रै व्यवसाय फस्टाउने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था अत्तरिया शाखाका प्रमुख दिपक महराले लघुवित्तमा आवद्ध सदस्यहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरेको बताए । उनले ऋण प्रभाव गर्नु अघि तालिम दिदा ऋणको सहि सदुपयोग हुने बताए ।

उक्त लघुवित्तका सुदुरपश्चिममा ७ वटा शाखा अनि नेपालभर १७३ वटा शाखा र १ लाख ९० हजार सदस्य रहेका छन ।   हाल सुदुरपश्चिमभर ११ हजार जना सदस्य रहेका शाखाप्रमुख महराले वताए।  यस्तै अत्तरिया शाखामा १००५ जना सदस्य रहेका अनि विगत ३ वर्षदेखि संचालनमा रहेकाे प्रमुख दिपक महराले वताए । लघुवित्त प्रति अाम नागरिककाे वितिष्णा बढिरहेकाे भएपनि अाफुले यसक्षेत्रमा केहि फरकै रुपमा राम्राे उत्पादन तथा अायअार्जन सम्वन्धि कार्यक्रम  गर्ने शाखा प्रमुख महराले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0