लामो समयपछि कैलालीकाे अत्तरियामा आज विहानदेखि पानी पर्दै 


अत्तरिया : लामाे समयकाे गर्मी र खडेरीपछि कैलालीमा आज बिहानैदेखि पानी परिरहेको छ।

धेरै दिनपछिको गर्मी र लु चलेपछि पानी पर्दा यहाँका किसानलगाएत सर्वसाधारणलाई राहात पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार अत्तरियाकाे गर्मी केहीदिन यता ४० डिग्री सेल्सियस पुगेको थियाे भने अाज पानी पर्दा गर्मि कमहुने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0