मोटरसाइकल दुर्घटनामा डडेल्धुरा अालितालका पूर्व वडाध्यक्ष ऐरको निधन


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको  निधन भएको छ ।

मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐरको निधन  भएको हो । उनी सोही वडाका पूर्व वडाध्यक्षसमेत हुन् ।

उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरित दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन् ।

उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकोमा ऐरको त्यहिँ निधन  भएकाे ईलाका  प्रहरी कार्यालय अत्तरिया कैलालीले जनाएको छ ।

बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0