नेकपा एकीकृत समाजवादीका सोडारीले नेकपा एमाले, माओवादी केन्द्र, नाउपा, स्वतन्त्रसहितको समर्थनसहित विश्वासको मत लिने तयारी गरेका छन्।
यसका लागि मुख्यमन्त्री साेडारीले १८ गते नै सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए।
सोही सूचनाको आधारमा आज ५ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले मिडियालाई जानकारी दिए।
सोडारीले आज विश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ। आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको थियो।
तर अहिलेसम्म पनि बैठक बस्न सकिरहेको छैन। यता सुदूरपश्चिमको सत्ता समीकरणमा रहेको एमालेले आज विश्वासको मत नदिने तयारी गरेपछि प्रदेश सभा बैठकको टुंगो नलागेको बुझिएको छ। सल्लाह नभएको भन्दै एमाले विश्वासको मत नदिने जनाउँदै आएकोमा उता नाउपामा पनि विवाद कायमै छ। नाउपा का रेशमलाल पक्षले मत नदिने रटान छोडेका छैनन।