गाेदावरीकाे एपेक्स एकेडेमीले मनायाे अन्तराष्ट्रिय श्रमिक दिवस


अत्तरिया : एपेक्स ऐकेडेमी अत्तरियाले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरुलाई  विद्यार्थीकाे हातवाट       अर्गानिक जुस वितरणगरि मनाएको छ ।

 गाेदावरीकाे वसन्तपुरमा रहेकाे  ऐपेक्स ऐकेडेमीले दिवसको अवसरमा  अत्तरियामा रहेकाे  सानभी व्रिक ईन्डस्र्टीज प्रा लि (Saanvi Brick industries pvt.ltd .) का २० जना श्रमिकहरुलाई अर्गानिक जुस खुवाई श्रमिकहरुकाे सम्मान गरेकाे विद्यालयका प्राचार्य समिर महराले वताएका छन ।  उक्त कार्यक्रमवाट  समाजमा  विभिन्न किसिमका (भाैतिक , मानसिक ,वाैद्धिक ) श्रमिक रहेकाले सम्पुर्ण श्रमजिवी श्रमिकहरुकाे वारेमा विद्यार्थिहरुलाई विस्तृत जानकारी समेत गराईएकाे प्राचार्य महराले वताए ।

१३५औ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सबै श्रमिकहरुलाई समाजले सम्मान दिनुपर्छभन्ने अाशयले  उक्त कार्यक्रम गरिएकाे विद्यालयले वताएकाे छ ।

कार्यक्रममा  विद्यार्थीहरुलाई ईट्टा कम्पनीकाे विस्तृत अवलाेकन गराई  उक्त विषयमा कम्पनीका संचालक तिर्थ अाेझाले कसरी उत्पादन हुन्छ र कस्ताेगरि काम गरिन्छ अनि कति कामदार छन भनि विस्तृतमा वताएका थिए ।  उक्त कार्यक्रममा करिब एक सय  भन्दा  वढि   विद्यार्थी , शिक्षकहरु र विद्यालय संचालककाे सहभागीता रहेकाे थियाे ।  कार्यक्रममा वाेल्दै  ऐपेक्स ऐकेडेमीका प्राचार्य महराले अाफुहरु शिक्षाक्षेत्रमा फरक उद्देश्य र  फरक व्यवस्थापनका साथ अघि वढिरहेकाेले विद्यार्थीलाई समाजका हरेक क्रियाकलापमा जानकारी गराउदै जानेकुरा वताए ।

यस्ताे छ  विश्वभर श्रमिक दिवसको ईतिहास

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएकाे देखिन्छ । साेहि वमाेजिम अाज पनि नेपालमा पनि श्रमिक दिवस विभिन्न कार्यक्रम गरि मनाईदै गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0