डडेल्धुराको नवदुर्गामा आगोमा परि चन्द्रे चुनाराको मृत्यु


अत्तरिया:  डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ दावलीका अन्दाजी ६२ वर्षीय चन्द्रे चुनारा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

मृतक चुनाराले आफ्नो खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा शुक्रबार दिउँसो सोही ठाउँका दीपकराज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडेर चुुनाराको मृत्यु भएको छ । चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले मिडियालाई जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0