विश्वविद्यालय बनाउन गेटामा रहेका भौतिक संरचनाको शिक्षा मन्त्री श्रेष्ठद्वारा अवलोकन 


अत्तरिया :  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भवनको अवलोकन गरेकी हुन । आइतबार  (अाज) बिहान  मात्रै  मन्त्री श्रेष्ठले गेटामा निर्माण भएका  भौतिक संरचनाको पछिल्लो अवस्थाको बारेमा अवलोकन गरेकी हुन ।

गेटामा सरकारले २०७९ माघ २९ गते विश्वविद्यालय बनाउने घोषणा गरिसकेको छ । तर, त्यसको २ वर्ष अघि नै करोडौँ लगानी गरेर निर्माण भइसकेका भवन भने हाल सम्म पनि प्रयोग विहीन छन् ।

यस बिचमा वर्तमान प्रधानमन्त्री देखि लिएर मन्त्रीहरूले  याे क्षेत्रमा पटक–पटक अवलोकन गर्ने क्रम भने जारी रहेको छ ।

आइतबार गेटामा पुगेकी मन्त्री श्रेष्ठले गेटामा आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा स्टटिजी प्लान अध्ययन गरेर अगाडि बढ्ने बताइन् ।

उनले मेडिकल कलेज सञ्चालनका लागि ३ सय शय्याको अस्पताल सञ्चालन गरेर ६० प्रतिशत अक्युपेन्सी आवश्यक पर्ने भएकाले त्यसका विषयमा के गर्ने भन्ने योजना बनाउनु पर्ने बताइन् ।

हाल गेटामा १ सय शय्याको अस्पताल मात्रै सञ्चालनमा रहेको छ । जसले ओपिडी सेवा मात्रै दिँदै आएको छ ।

अवलोकनमा आएकी मन्त्री श्रेष्ठलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले तत्काल विश्वविद्यालय सञ्चालनको माग गर्दै ज्ञापन पत्र बुझाएका छन ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा संघीय संसद्को आगामी अधिवेशनमा स्वास्थ्य विज्ञान विश्व विद्यालय सम्बन्धी विधेयक पास गरी यथाशीघ्र ६ सय शय्याको अस्पताल सञ्चालन गर्न माग समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0