अत्तरियाकी पत्रकार साउँदलाई ठक्कर दिने गाडी सहित चालक पक्राउ


अत्तरिया :  अत्तरियाकी पत्रकार सकुन्तला साउँदलाई ठक्कर दिने जिप सहित चालक समातिएका छन । शुक्रबार साँझ अत्तरियाको पहाड रोडमा साउँद सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई ठक्कर दिएर फरार भएको जिप शनिबार चालक सहित समातिएको हो ।

ठक्कर दिने जिप सुदूरपश्चिम प्रदेश .०१–००१ च ३२३० नम्बरको जिप रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीले उक्त जिपका चालक बैतडीको पाटन नगरपालिका – ८ का १९ वर्षीय बिबेक मडैलाई अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0