जिपको ठक्करबाट पत्रकार साउँद घाइते


अत्तरिया : जिपको ठक्करबाट कैलालीको अत्तरियामा टिभी टुडेमा कार्यरत पत्रकार सकुन्तला साउँद घाइते भएकी छिन । अत्तरियाको पहाड रोडमा उनी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई नम्बर नखुलेको जिपले ठक्कर दिदाँ पत्रकार साउँद घाइते भएकी हुन ।

साउँदलाई ठक्कर दिने जिपको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

घाइते साउँदको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । जिपको ठक्करबाट उनको दायाँ हात भच्चिएको छ । उनी अत्तरियामा टिभी टुडेका कार्यरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0