प्रदेश प्रमुखलाई नागरिक उन्मुक्ति पार्टीकाे पत्र : सोडारीलाई कैलाशले गरेको सर्मथन गैरसंवैधानिक


धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को बहुमत सांसदहरुले कैलाश चौधरी संसदीय दलको नेता नभएको भन्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।

एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्तिका लागि पेश भएको दाबीमा नाउपा संसदीय दलको नेताका रुपमा कैलाशले हस्ताक्षर गरेका थिए । नेकपा एमाले, माओवादी केन्द्रको समेत समर्थनमा दाबी पेश गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरिसकेका छन् ।

तर नाउपाका बहुमत सांसदले भने कैलाशले गरेको समर्थन गैरसंवैधानिक भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन्, जसमध्ये ५ सांसदले प्रदेश प्रमुख मियाँलाई बुझाएको पत्रमा संसदीय दलको नेता घनश्याम चौधरी नै भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0