मृगौला पीडित नाथलाई लिटिल बुद्धले गर्याे ५० हजार उपचार खर्च सहयाेग


हेमन्त अवस्थी/ अत्तरिया । कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले मृगौला पीडित रोशन नाथलाई उपचार खर्च  सहयाेग गरेको छ ।

लिटिल बुद्ध एकेडेमीले बिहिबार ५०,००० रुपयाँ आर्थिक सहयोग गरेको हो ।

भीमदत्त नगरपालिका ३ का नाथको विगत ८ महिना देखि दुवै मृगौला फेल भई उपचार गराइ रहेका छ्न । उपचार खर्च अभावका कारण पिडित परिवारले दाताबाट सहयोग संकलन गरिरहेका छन् ।

नाथले नर्सरी देखि कक्षा १० कक्षासम्म लिटिल बुद्धले अध्ययन गरेका थिए। लिटिल बुद्धले सहयोगी दाताहरुलाई आर्थिक सहयोगका लागि सार्वजनिक रुपमा अपिल समेत गरेको छ । यस्ताे अवस्थामा अार्थिक सहयोग गर्नका लागी  लिटिल बुद्ध एकेडेमीले सम्पुर्ण सहयाेगी दाताहरुलाई अपिल समेत गरेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0