दुर्घटनास्थल पुगेका बैतडीका पत्रकार विष्टले आफ्नै बुबाको शव देख्दा


बैतडी: बैतडीमा हिजो ( बिहिवार) राति भएको ट्र्याक्टर दुर्घटनामा पत्रकार कृष्ण विष्टका बुबाको निधन भएको छ । पाटन नगरपालिका १० पनालीका पत्रकार विष्टका बुबा ५० वर्षीय मानबहादुर विष्टको दुर्घटनामा निधन भएको हो ।

हिजो ( बिहिवार) राति ११ बजेतिर पाटन नगरपालिका–८ झौलेक मोडमा से २ त ३६७८ नम्बरको ट्र्याक्टर दुर्घटना भयो । दुर्घटनाको जानकारी पाएपछि पाटनको खोड्पेमा बसेर पत्रकारिता गरिरहेका कृष्णले समाचार तयार पारेका छन ।

पत्रकार विष्टले समाचार लेख्दासम्म प्रहरीबाट ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका ३० वर्षीय राजेश चौधरी र अर्का एक जनाको मृत्यु भएको भन्ने जानकारी पाएका थिए । अन्नपूर्ण पोस्टका बैतडी सम्वाददाता समेत रहेका विष्टले उक्त समाचार खोड्पेमै आफू कार्यरत रेडियो सेभेन स्टारमा पनि पढेका थिए ।

समाचार पढेपछि थप रिपोर्टिङका लागि दुर्घटनास्थल पुगेका उनले आफ्नै बुबाको शव देखे । दुर्घटनाका अर्का मृतक उनकै बुवा थिए । उनका बुबा सुर्नया क्षेत्रमा काठको काम गर्थे । कृष्णले बुबा फर्किरहेका छन् भन्ने पनि थाहा पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0