अत्तरियाका अटो चालकले व्यवस्थापनको माग गर्दै ट्राफिक प्रहरीलाई बुझाए निवेदन


अत्तरिया : अत्तरियाको धनगढी रोडमा चल्ने पेट्रोल अटो व्यवस्थापनको माग गर्दै सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निवेदन दिइएको छ । अटो व्यवसायीहरूले शुक्रवार धनगढी रोडमा अटो व्यवस्थापन नभएको भन्दै प्रहरीलाई निवेदन दिएका हुन ।

अटो व्यवसायीहरूले अत्तरियाको धनगढी रोडमा म्याजीक गाडी, नगर बस जस्तै २ वटा अटो राखेर बाटो अटो पार्किङमा राखी व्यवसाय गर्न दिन माग गरेका छन् । निवेदनमा अत्तरिया क्षेत्रमा सञ्चालन हुने ४४ अटो व्यवसायीले हस्ताक्षर गरेका छन् ।

अटो व्यवसायी सिताराम कठायतले आफूहरूका माग प्रति प्रहरीले सकारात्मक प्रतिक्रिया दिएको मिडिया लाई बताए । कठायतले तत्काललाई अन्य अटो पार्किङमा राख्ने गरी एक अटो धनगढी रोडमा म्याजिक गाडी र बस सँगै राख्न दिने सहमति भएको बताए ।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेती भने चोकमा अटो राख्न दिने मागमा आफूहरूले सहमति दिन नसक्ने बताए । यद्यपि हाल अत्तरिया चोक नजिकै यात्रु ओसार्ने सवारी साधन राख्ने गरिएको छ । प्रहरीले चोक देखि ५० मिटर अगाडि यात्रु ओसार्ने सवारी राख्न दिने जनाए पनि त्यसको बेवास्ता गरिँदै आएको छ । अत्तरिया वजारको मुख्य समस्याको रुपमा देखापरेको अटो रिक्सा व्यवस्थापन अटो संख्या वढ्दै जादा ठुलो चुनौतीको रुपमा देखापरेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0