अत्तरियामा प्रहरी लागू औषध, वेश्यावृत्ति र जुवातास नियन्त्रणमा निर्मम भएर लाग्छ : डिएसपी थापा


अत्तरिया : इलाका प्रहरी कार्यालय मालाखेती (ईप्रका) का नवनियुक्त डिएसपी गंगा बहादुर थापाले अत्तरिया क्षेत्रमा लागूऔषध वेश्यावृत्ति नियन्त्रणमा प्रहरी निर्मम भएर लाग्ने बताएका छन् । बुधवार ईप्रका क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न संघसस्थाका प्रतिनिधिहरू सँग आयोजना गरिएको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
थापाले लागूऔषध, वेश्यावृत्ति, जुवा तास नियन्त्रणमा प्रहरी निर्मम तरिकाले लाग्ने भएकाले यसका लागि जनताको साथ सहयोग आवश्यक हुने समेत बताए ।
थापाले अपराध नियन्त्रणमा प्रहरी समाज भित्रका आम नागरिक सँगै मिलेर अगाडि बढ्ने बताए । ‘जनता पनि बिना बर्दिका प्रहरी हुन् । प्रहरीले सबै काम कारबाही समाज सँगै मिलेर गर्ने हो’ उनले भने ‘शान्ति सुरक्षा अपराध नियन्त्रण लगायतका काम समाजका नागरिकहरू सँगै मिलेर गर्नुपर्ने हुँदा सबै सँगको सहकार्य जारी नै रहन्छ ।’
लागूऔषधका कारोबारी, प्रयोगकर्ताहरूका बारेमा सूचना दिन आग्रह गर्दै उनले सूचना दिनेको परिचय गोप्य राखिने समेत बताए ।
उनले जुवा तास खेलाउने, खेल्नेलाई कानुनी दायरामा ल्याइने बताए । उनले भने ‘जुवा तास खेल्ने, खेलाउने जति इलाका मालाखेतीको एरियामा हुनुहुन्छ । वहाहरुले यो क्षेत्र छाड्दा हुन्छ । अव यस्ता व्यक्ति कुनै पनि बेला कानुनको दायरमा आउनेछन् ।’ थापाले अपराध नियन्त्रणमा प्रहरी कसैको दबाब र प्रभावमा नपर्ने समेत कार्यक्रममा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0