संघका कोषाध्यक्ष हेमराज भन्डारीले महोत्सव को खर्च कटाएर झन्डै २४ लाख बचत भएको बताए । महोत्सव अबधि भर खर्च भने ६६ लाख ३२ हजार ३ सय ४० रहेको छ ।
जसमा कलाकारको खर्च सबै भन्दा बढी १७ लाख ३८ हजार ८ सय रहेको छ । संघले १५ लाख ३५ हजार १ सय ३७ अझै उठन बाँकी रहेको जनाएको छ ।
संघले महोत्सव ब्यबस्थित गर्न सके संस्था को आम्दानीमा राम्रै हुने ठहर गरेको छ । संस्थाका बरिस्ठ उपाध्यक्ष दलबहादुर खड्काले अहिले को महोत्सव नयाँ कार्य समितिको लागि सिकाई भएको र अब बिगत को कमि कमजोरीलाई सच्चाएर अघि बढने बताए ।
नक्कली टिकट ठेली प्रकरण को बारेमा अनुसन्धान जारी रहेकाले अहिले नै केही बोल्न नसकिने उनको भनाई रहेको छ ।
पत्रकार सम्मेलनमा संघ को कार्य समितिका १५ जना मध्य ९ जनको उपस्थिति रहेको थियो । कार्यक्रम को सभापतित्व संघका बरिस्ठ उपाध्यक्ष दलबहादुर खड्काले गरेका थिए । स्वागत मनतब्य संस्थाका सदस्य बम बहादुर बोगटीले गरेका थिए भने कार्यक्रम को संचालन महासचिव शंकर खड्का ले गरेका थिए ।