गोदावरी -८ समैजी माविले आज ४२ औँ वार्षिकोत्सव सँगै रक्तदानकाे आयोजना गर्दै


अत्तरियाः कैलालीको गोदावरी नगरपलिका वडा नम्बर ८ स्थीत मजगाँउमा रहेको समैजी माध्यमिक विद्यालयले सोमबार  ४२ औँ वार्षिकोत्सव मनाउँने भएकाे छ । विद्यालयले ४२ औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गर्ने भएको छ ।

विद्यालयकी प्रधानाध्यापक कुन्ती ओलीले रक्तदान जीवनदान भन्ने उदेश्यले रत्तदान गरि रेडक्रस सोसाईटीलाई हस्तान्तरण गरिने बताईन् । रगत नै नपाएर ज्यान गुमाउने अवस्था न्युनीकरणकालागि उत्त कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताईन् । रक्तदान कार्यक्रमले समाजमा नयाँ सन्देश पनि प्रदान गर्ने भएकोले विद्यालयले उक्त  कार्यक्रमको आयोजना गर्न लागेको अाेलीले बताईन् ।

स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले विद्यालयले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा आफुहरुले सहयोग गर्ने बताए । रक्तदान मानवकाे जिवन दान भएकाे भन्दै देउवाले रक्तदानमा सहभागी भईदिन सम्बन्धीत सबैलाई आग्रह गरेका छन् । रक्तदान कार्यक्रममा स्याउले बजार व्यवस्थापन समितिले पनि सहकार्य गरेको छ । यसअघि विद्यालयले २७ गते वार्षिकोत्सवको आयोजना गर्ने तयारी गरेको भएपनि विविध कारणले एकदिन पछी सारेको वताईएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0