सुदुरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त


केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट प्रदेश सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका छन् ।

बर्खास्त हुनेमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल रहेका छन् ।

प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । सुदूरपश्चिममा नागरिक उन्मु्क्ती  र एकीकृत समाजवादीले समर्थन कायम राखेमा मुख्यमन्त्रीलाई बहुमुत पुग्नेछ।

मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएकाे बारेमा जानकारी दिएका छन।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0