गाेदावरीकाे श्रीपुर खानेपानीमा एमाले /काङ्ग्रेस गठवन्धनलाई पराजित गर्दै अध्यक्षमा साउँद निर्वाचित
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा एमाले/ काङ्ग्रेसकाे गठवन्धनका सयुक्त उम्मेदवार चन्द्र बहादुर शाहीलाई पराजित गरि दिर्घ बहादुर साउँद निर्वाचित भएका हुन । शनिबार भएको विजयी उम्मेदवार साउँदले ४१६ मत ल्याउँदा शाहीले ३४८ मत पाएका थिए । समितिको उपाध्यक्षमा भने साउँदको प्यानलबाट उम्मेदवारी दिएकी बिना गोतामे निर्विरोध निर्वाचित भईसकेकी थिइन् ।