कैलालीको श्रीपुर खानेपानी निर्बाचनमा काँग्रेस एमालेका संयुक्त उम्मेदवार भर्सेज स्वतन्त्र युबा समूह भिड्दै


 अत्तरिया : कैलालीकाे श्रीपुर खानेपानी सरसफाई तथा उपभोक्ता समिति  गोदावरी -७ मा नयाँ नेतृत्वको लागि (भोलि) शनिबार दुई समुह निर्बाचनमा हाेमिएका  छन।

आगामी नेतृत्वको लागि  काङ्ग्रेस एमालेकाे गठवन्धन संग स्वतन्त्र युवा समुह प्यानल सहित मैदानमा उत्रिएका छन् । अध्यक्षमा स्वतन्त्रका तर्फवाट दिर्घ बहादुर साउँद र  गठवन्धन का तर्फवाट चन्द्र बहादुर शाही भिड्नेछन् ।

साउँद यस क्षेत्रका  सामाजिक रुपमा स्थापित शिक्षित युबा हुन भने शाही काङ्ग्रेसका पुराना नेता हुन । साउँदको समुहमा युवाहरुको बाहुल्यता रहेको पाईन्छ ।

उक्त समूह स्वतन्त्र युबाहरुको रूपमा परिचित छ । जसको सचिबमा खेमराज ओझाले उम्मेदवारी दिएका छन् ।भने सोही समुहको कोषाध्यक्षमा महानन्द भट्ट उम्मेदवार छन् । अर्को तिर शाही समूह काँग्रेस र एमाले को संयुक्त प्यानल भनेर प्रचार गरिएको छ । उक्त समुहलाई जिताउन कांग्रेस एमालेका नगर , जिल्ला र प्रदेश स्तरिय नेता खटिएका छन् ।

शाही समुह को सचिबमा गोपाल सिँ साउँद उम्मेदवार रहेका छन् । यस्तै सोही समूह को कोषाध्यक्षमा खगेन्द्र राज पनेरु चुनावी मैदानमा छन् ।

उमेरले पाका उपभोक्ता कांग्रेस एमाले संग समर्थन राख्ने भएपनी युबा उपभोक्ताको पंक्ति साउँदको पक्षमा देखिएको छ ।

संस्थाका उपभोक्ता १३ सय बढी रहेका छन् । संस्थाले वडा नम्बर ७  र ६ मा पानी बितरण गर्दै आएको छ । निर्वाचनकाे सम्पुर्ण तयारी भईसकेकाे हुदा खानेपानीकाे प्राङ्गणमा तिन वटा मतदान केन्द्रमा ( भाेली ) शनिवार विहान ८: ३० वजे देखि सुरु गरिने निर्वाचन समितिले वताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0