दुई सय ८७ मत प्राप्त गर्दै एमाले कैलाली अध्यक्षमा ढुङ्गाना बिजयी


अत्तरिया : नेकपा एमाले कैलालीको  जिल्ला अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जाेशीले ६३ मत पाए। उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए ।

यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लाेकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मतमा चित्त बुझाएका छन् ।

उपाध्यक्षका उम्मेदवार विष्णु चाैधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चाैधरी विजयी भएका छन् । चाैधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् ।

सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् ।

भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।

उपसचिव (महिला) मा गंगाकुमारी चाैधरी एक सय ९६ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जाेशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् ।

फागुन ६ गते सुरू भएकाे एमाले नवाैँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएकाे थियाे । कुल पाँच सय ९१ प्रतिनिधि रहेकाेमा पाँच सय ७७ मत खसेकाे थियाे ।

शनिबार रातिदेखि पदाधिकारीकाे मतगणना गरिएको थियाे भने सदस्यकाे मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0