कार्य सम्पादन मूल्याङ्कनमा बन्याे गाेदावरी कैलालीकाे पहिलाे नगरपालिका


अत्तरिया : कार्य सम्पादन मूल्याङ्कनकाे अाधारमा कैलालीमा गोदावरी नगरपालिका पहिलो जिल्लाकाे पहिलाे नगरपालिकाकाे रुपमा रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार गोदावरी नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४२.७८ अङ्क प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको कैलालीकै घोडाघोडी नगरपालिकाले ४२.४३ अङ्क प्राप्त गरेको छ ।

कार्य सम्पादन मूल्याङ्कनमा कैलालीमा सबैभन्दा कम अङ्क गौरीगंगा नगरपालिकाले प्राप्त गरेको छ । गौरीगङ्गाले १७.७५ अङ्क मात्रै पाएको हो । कार्यसम्पादन मूल्याङ्कनमा कैलारी गाउँपालिकाले ४१.३८ अङ्क, जानकी गाउँपालिकाले ३६ं.४८ अङ्क, धनगढी उपमहानगरपालिकाले ३४.७३ अङ्क र टिकापुर नगरपालिकाले ३३.५२ अङ्क पाएको छ ।

यसै गरी, जोशीपुर गाउँपालिकाले २८.१३ अङ्क, चुरे गाउँपालिकाले २७.८८ अङ्क, बर्दगोरीया गाउँपालिकाले २५.६३ अङ्क, मोहन्याल गाउँपालिकाले २४.५५ अङ्क भजनी नगरपालिकाले २३.२८ अङ्क र लम्किचुहा नगरपालिकाले १९.५१ अङ्क प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचक राखिएका थिए ।

जसमा पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८० र ८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा तथा नगर सभामा पेस गरे नगरेको, गाउँ कार्यपालिका नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा वाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बाफत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे  नगरेको लगायतका सूचक राखिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0