गोदावरी नगरमा रोकिएको जग्गा नापीको काम पुनः शुरु


अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६, ७ र ८ मा जग्गा नापीको काम सुरु भएको छ ।

गोदावरी नगरपालिका – ६ मा पहिलो पटक सुरु गरिएको नापीको नगरप्रमुख विरेन्द्र भट्टले GDPS बाट सुरुको पोईन्ट फिक्स गरी उद्घाटन गरेका हुन ।

गोदावरीको वडा न. ६, ७ र ८ मा रोकिएको जग्गा नापीको कार्य आज (आईतबार) गोदावरी नगरपालिका – ६ को लालपुर बाट शुरु गरिएको छ ।

नगरपालिकाले वडा नम्बर ६ लालपुरबाट अव्यवस्थित बसोबासी, भूमिहिन दलित, भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच गर्न सुरु गरेको हो ।

यस क्षेत्र सँगै वडा न ७ र ८ का श्रीपुर, जमुनानगर, मझगाँउ, जोनापुर, बढ्याहा , स्याउले लगायतका ठाउँहरुमा आज देखि नै जग्गाको नापजाच गर्ने काम सुरु भएको जानकारी अमिन रघुनाथ जोशीले बताएका छन।

जग्गा नाप जाँचकालागि ८  जनाको टोली खटिएको नापी शाखाका सर्वेक्षक विनोद पनेरुले जनाएका छन् । सबै क्षेत्रमा फागुन महिना भित्र सक्काउने लक्ष्यका साथ अगाढी बढेको जानकारी समेत बताएका छन ।  यसअघि वडा नम्बर ५ सम्म नापीको काम सकिएको नगरपालिकाले जनाएको छ ।  हाल क्युव इन्फो कम्पनीले जग्गा नापीको काम गर्ने जिम्मा पाएको पनेरुले वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0