गाेदावरीका मेयरले गरे राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता विद्यार्थी खेलाडीलाई खादा र टीका लगाई सम्मान


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डमा पदक प्राप्त गर्ने विद्यार्थी खेलाडीहरुलाई सम्मान गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी पालिकाले १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने विद्यार्थी खेलाडीहरुलाई खादा र टिकाले सम्मान गरेको हो ।

गत माघ २७ गते सम्पन्न कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोदावरी नगरपालिकाले तेस्रो स्थान हासिल गरेको थियो । उक्त प्रतियोगितामा नगरपालिकाले ५ स्वर्ण, २४ रजत र १० कास्य गरी जम्मा ३९ पदक प्राप्त गरेको थियो । पदक प्राप्त गर्ने खेलाडीहरुको हौसला बढाउन गाेदावरी नगरपालिकाले सम्मान गरेको बताएको छ ।

नगरले उसुमा एउटा, करातेमा २, तेक्वान्दोमा एउटा र कबड्डिमा एउटा गरी ५ वटा स्वर्ण पदक जितेको थियो । कबड्डिमा जिल्लामै प्रथम भएको गोदावरीका ६ जना कबड्डि खेलाडीहरुलाई प्रदेश अन्तरगतको खेलका लागि समेत छनौट भएका बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0