अत्तरिया क्षेत्रमा महावीर पुनका १३ लाख बढीका पुस्तक विक्री


अत्तरिया : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले अत्तरिया क्षेत्रमा १७ सय बढी पुस्तक विक्री गरेका छन । उनले अत्तरिया क्षेत्रमा सरकारी कार्यालय, विद्यालय, अस्पताल, व्यापारी र सर्वसाधारणलाई १७ सय ८८ पुस्तक विक्री गरेको पुनलाई यस क्षेत्रमा पुस्तक विक्रिका लागि सहजिकरण गरेका प्रमोद अधिकारीले  मिडियालाई बताएका छन ।

पुनको पुस्तक विक्रीका लागि अत्तरिया क्षेत्रमा एभरेष्ट स्कुलका प्रिन्सिपल स्माइल चौधरीको नेतृत्वमा युवाहरु सक्रिय भएर लागेका थिए । उनको पुस्तक बिक्रीका क्रममा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
उनकाे आत्मकथामा आधारित पुस्तक ‘महावीर पुन’ बिक्री गर्ने क्रममा उनी पूर्वपश्चिम महाअभियानमा निस्किएका छन ।

पुनले पुस्तक विक्री गरेर वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने जनाएका छन । उनले आत्मकथामा आधारित पुस्तक ‘महावीर पुन’ ७५० मा बिक्री गर्दै आइरहेका छन । शनिवार गाैरिगंगा नगरपालिकाका विभिन्न स्थानहरुमा उक्त पुस्तक विक्रि गर्ने कार्यक्रम रहेकाे पुनले सामाजिक  संजाल मार्फत जानकारी गराएकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0