डडेल्धुरा मेडिकल कलेजमा अायाे पठनपाठन संचालनमा


डडेल्धुरा :  डडेलधुरा मेडिकल कलेजमा मंगलबारदेखि पठनपाठन सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएससी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएको मेडिकल कलेजले पठनपाठन सुरु गरेको हो मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीले १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएको बताए । यसैबीच अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको छ । डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले पढाइ सुरु गर्नुअघि विद्यार्थीलाई अभिमुखीकरण पनि गरिएको बताए । साथै कार्यक्रममा मेडिकल कलेजका अध्यापक र विद्यार्थीहरूलाई स्वागत पनि गरिएको छ ।

सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने घोषणा गरेपछि ५ वटा विषयको अध्यापन अनुमति मागिएको थियो । तर चिकित्सा शिक्षा आयोगले यस वर्ष भने बिएससी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो ।

एमबिबिएसको पढाइ सुरु गर्न भने डडेलधुरा अस्पताल कम्तीमा पनि तीन सय श्ययायामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ । तत्काल तीन सय शय्यामा अस्पताल स्तरोन्नति भए हामी २०८३ देखि एमबिबिएसको पढाइ सुरु गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0