नयाँ व्यवस्थापन साथ ७० लाख बढि लगानीकाे अत्तरियामा क्याबिनेट रिसोर्ट संचालन 


अत्तरिया : कैलालीको अत्तरियामा ७० लाख लगानीमा क्याबिनेट रिसोर्ट सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका २ रिङरोडमा  उक्त  रिसोर्ट सञ्चालनमा आएको हो ।

रिसोर्टको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र बहादुर मल्लले समुद्घाटन गरेका थिए । रिसोर्टको उद्घाटन गर्दै मल्लले काम गर्दै गर्दा आउने चुनौतीलाई सामना गरेर रिसोर्ट सफल हुनेमा आफू विश्वस्त रहेको  भन्दै शुभकामना दिएका थिए । सासद मल्लले कुनै पनि काम गर्दा चुनौती सँगै सम्भावना पनि उतिकै रहने भएकाले चुनौती चिर्दै सफल हुने विश्वास लिएको समेत बताए ।

रिसोर्ट राम थापा र विष्णु जोशीको सयुक्त लगानीमा सञ्चालनमा आएको हो । सञ्चालक थापाले रिसोर्ट सञ्चालनमा ल्याउन ७० लाख लगानी लागेको बताए । उनले रिसोर्ट परिसरभित्र २ वटा माछा पोखरी रहेको हुदा , त्यसमा सम्पुर्ण ग्राहकहरूले आफै माछा मारेर खान सक्ने र रुखहरुमा लाेकल कुखुराहरुलाई फायर गरि छानी छानी खानपाउने व्यवस्था मिलाइएको बताए ।

बिगत ५ बर्ष देखि संचालित रिसोर्ट  हाल नयाँ  संचालक र नयाँ व्यवस्थापनका साथ संचालनमा ल्याएको संचालक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0