आर्यघाटमा शब जलाउन जाने क्रममा कपडा तथा प्लास्टिक जन्य फोहोरमैलाको ब्यवस्थापनका लागि सहज होस् भनि ती २ वटा च्याम्बर राखिएको जनाएको छ ।
फलामबाट निर्मित उक्त दुई च्याम्बरमा कपडा र प्लास्टिक अलग अलग राख्ने ब्यबस्था गरिएको संस्थाका सहायक कार्यालय प्रमुख यादब फुलाराले बताए ।
साथै ४८ हजार को लागतमा २ वटा च्याम्बरहरु को निर्माण गरिएको वताएका छन । यस अघि आर्यघाट मा फोहर राख्ने उचित ठाँउ नहुँदा उक्त क्षेत्र दुर्गन्धित बन्दै जाने गरेको थियाे ।
गोदावरी अार्यघाटमा कैलाली र कञ्चनपुरको तराई देखि चुरे पहाड सम्म दाहासंस्कार गर्न आउने गर्दछन् ।