स्टार्टअप कर्जामा भयाे ऋण लगानी गर्ने सम्झौता,यस्ता उद्यम गर्नेहरुले पाउनेछन कर्जा 


काठमाडौँ : स्टार्टअप कर्जामा ऋण लगानी गर्न सरकार र राष्ट्रिय वाणिज्यवीच सम्झौता भएको छ ।

स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न बुधबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झाैता अनुसार राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रुपैयाँसम्म स्टार्टअप उद्यम कर्जा प्रदान गर्ने भएको छ ।

बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितो राखेर सस्तो ब्याजदरमा ऋण दिनेछ । ऋण लिँदा त्यस्तो व्यवसाय वा परियोजनाको बीमा उद्यमी आफैले गर्नु पर्ने सम्झाैतामा उल्लेख छ ।

नयाँ सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजना/व्यवसाय विस्तार र दीगो ब्यवसाय सञ्चालन गर्नका लागि स्टार्टअप कर्जा दिने क्रममा वुधवार राष्ट्रिय बाणिज्य बैँकसँग ऋण लगानी सम्झौता भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तयार गरेको स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार बैंकिङ प्रक्रियामार्फत स्टार्टअप उद्यम कर्जा दिने समझदारीमा छ ।

कुनै उद्यमीले किस्ता अवधि अगावै कर्जा चुक्ता गर्न चाहेमा अतिरिक्त शुल्क लाग्ने छैन । तोकिएको भाखाभित्र कर्जाको साँवा र ब्याज भुक्तान नगरेमा बैंकले त्यसलाइ खराब कर्जामा गणना गरी चुक्ता गर्न बाँकी रकम असुल उपर गर्नेछ ।

यस समझदारी पत्रको अवधि आगामी माघ २४ गतेबाट लागू भएको छ । यस सम्झौताको कार्यान्वयनमा कुनै कठिनाइ आएको अवस्थामा दुवै पक्षको आपसी छलफल र सहमतिमा समस्या समाधान गरिने समझदारीमा उल्लेख छ ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० ले तोकेका कृषि तथा पशुपन्छीसँग, बन पैदावारसँग सम्बन्धित, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन सहित १ दर्जन क्षेत्रसँग सम्बन्धित स्विकृत उद्योग तथा ब्यवसायमा बैक तथा वित्तिय संस्थाले ३ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्नु पर्नेछ प्रावधान रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0