शुक्लाफाँटा नगरपालिकामा हाजिर भए उपसचिव खेमराज विष्ट


अत्तरिया : शुक्लाफाँटा नगरपालिकाले कार्यालय प्रमुखकाे रुपमा उपसचिव पाएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उपसचिव खेमराज विष्टलाई शुक्लाफाँटामा पठाएको हो।

विष्ट सोमबारदेखि नगरपालिकामा हाजिर भएका हुन्। नगर प्रमुख रणबहादुर महरालगायत जनप्रतिनिधि र कर्मचारीले उनलाई कार्यालयमा स्वागत गरेका थिए।

प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै विष्टले  चुस्तदुरुस्त सेवा प्रबाह गर्ने बताएका छन्। ‘सुशासन  कायम गर्दै नगरपालिकाको सेवा छिटो छरितो प्रवाह गर्नेछौं,’ उनले भने, ‘सबैपक्षसँग सहकार्य गरेर समृद्ध नगर बनाउनका लागि काम गर्नेछौं।’

प्रमुख प्रशासकीय अधिकृतले ३ वटा वडा कार्यालयको समेत अनुगमन गरेका छन्।  साेमवार नै वडा नं. १, ११ र १२ वडा कार्यालयको निरीक्षण गरेका थिए।

‘तीन वडा कार्यालयको अनुगमन गरियो, सबै वडाको अवस्था राम्रो छ,’ उनले भने, ‘जनताको कामलाई प्राथमिकता दिएर काम गर्न कर्मचारीलाई निर्देशन दिएको छु।’

यसअघि विष्ट कैलालीस्थित गोदावरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए। शुक्लाफाँटामा उपसचिव नहुँदा यसअघि शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0