विधुतिय गाडिकाे प्रवेश र चुनाैती सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्मपन्न


धनगढी : कैलालीकाे धनगढीमा वर्तमान अवस्थामा विधुतिय गाडीकाे प्रवेश र चुनाैती राष्ट्रिय हितमा विधुतिय गाडि या ईन्धन गाडी भन्ने विषयमा साेमवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

धनगढीकाे डिभाेटी हाेटेलमा यातायात व्यवसायी तथा सराेकारवाला पक्ष बिच  विधुतिय गाडीका वारेमा विस्तृत रुपमा अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका यातायात व्यावसायी एवं सराेकारवाला व्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे । देशमा दिनप्रतिदिन खर्चवृद्धि वढिरहदा प्रतिव्यक्ति अाम्दानीमा गिरावट अाईरहदा  विधुतिय गाडी अन्य ईन्धन गाडीहरु भन्दा सस्ताे र प्रभावकारी हुने पुजाकन्ट्रक्सन नेपाल प्रालिका सिईअाे विवेक विजुक्छेले वताए । अन्तरक्रिया कार्यक्रममा वाेल्दै उद्योग वाणिज्य धनगढीका वरिष्ठ उपाध्यक्ष पुष्कर अाेझाले सफलताकाे शुभकामना दिदै नेपालकाे अर्थतन्त्र चलायमान गर्नमा  विधुतिय गाडीहरुले पछिल्लाे समय महत्वपुर्ण भुमिका खेलिरहेकाे र अवकाे समय विधुतिय सवारीकाे नै रहेकाे समेत वताए ।  कार्यक्रममा प्रमुख अतिथि कृषि विकास वैङ्कका सुदुरपश्चिम प्रदेश प्रमुख  रहेका थिए भने कार्यक्रमकाे सभापतित्व नवदुर्गा टेक्नाेलाेजी प्रालि धनगढीका संचालक प्रदिप जाेशीले गरेका थिए । कार्यक्रममा यसक्षेत्रका यातायात व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि गरि १०० जना भन्दा बढी व्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0