विभागीय टोली एपीएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि
अत्तरिया : मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।