शनिबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले ‘बर्गर हाउस’ को उद्घाटन गरेका हुन ।
डेढ करोडको लगानीमा ४ युवा ब्यबसायीहरु मिलेर उक्त बर्गर हाउस सञ्चालनमा ल्याइएको सञ्चालक डिल्ली भट्टले जानकारी दिए ।
उनले मुख्य परिकार बर्गर भएपनि बर्गर हाउसमा चिकन लगायत खाना, नास्ताका विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराइने बताए ।
उनले व्यापारी, ब्यवसायी, युवा, विद्यार्थीहरुलाई, लक्षित गर्दै सबैलाई पायक हुने पारिवारिक वातावरण अनुकूलको सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जानकारी दिए ।
ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालनमा आएको वर्गर हाउसले विभिन्न किसिमका अफर तथा सहुलियतमा फ्रेंच आइटमहरु उपलब्ध गराउने सन्चालकले जनाएका छन ।