गोदावरी नगरप्रमुख भट्टका स्वकिय सचिव साउँद निलम्बीत


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टका स्वकिय सचिव दिपिन कुमार साउँदलाई शुक्रबार नै पदबाट निलम्बन गरिएको छ । अत्तरियामा सञ्चालित सुदूरपश्चिम प्रादेशीक महोत्सवको नक्कली टिकट ठेली प्रकरणमा  विवादमा मुछिएपछि साउँदलाई नगरप्रमुख भट्टले स्वकिय सचिव पद बाट केही समयका लागि निलम्बन गरेका हुन ।

नगरप्रमुख विरेन्द्र भट्टले स्वकिय सचिव साउँदको नाममा किटानी जाहेरी भएकाले निष्पक्ष छानविन होस भन्ने हेतुले निलम्बन गरिएको बताए । उनले नगरप्रमुखको स्वकिय सचिव भएकै कारणले छानविनमा समस्या नहोस भन्नका लागि छानविन अवधी सम्मका लागि निलम्बन गरिएको बताए । ‘यो प्रकरणमा निष्पक्ष छानविन होस भन्ने चाहना मेरो पनि हो’ उनले भने ‘त्यसैले राजनितिक र मेयरको दवावका कारण छानविन भएन भन्ने नहोस भन्नका लागि छानविन अवधीसम्मका लागि निलम्बन गरिएको हो ।’

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको उक्त महोत्सवमा २८ वटा टिकट ठेलीहरु नक्कली भेटिएका थिए । उक्त विषयमा संघले कार्यसमितिका सचिव समेत रहेका साउँद र टिकट काट्ने जिम्मेवारी पाएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराका नाममा किटानी जाहेरी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0