व्यवसायीकाे संघर्ष समिति द्वारा अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारीको राजीनामा माग (विज्ञप्ति सहित)


अत्तरिया – व्यवसायीहरुले अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारीको राजीनामा माग गरेका छन । शुक्रबार ‘नक्कली टिकट प्रकरण सत्यतथ्य छानविन दवाव संघर्ष समिति’ ले प्रेस विज्ञप्ती जारी गर्दै संघका पदाधिकारीको राजीनामा माग गरेका हुन ।

संघर्ष समितिका संयोजक गणेश बहादुर बलायरद्धारा जारी विज्ञप्तीमा नैतिकताको आधारमा राजीनामा दिई अनुसन्धान र संस्थाको गरिमा जोगाउन माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ ‘मुल नेतृत्व सहित सम्पूर्ण समितिलाई घटनाको नैतिक जिम्मेवारी लिई नैतिकताको आधारमा राजीनामा दिई अनुसन्धान र संस्थाको गरिमा जोगाउन सहयोग पुयाउन अत्तरिया उद्योगी व्यवसायीको तर्फबाट संघर्ष समिति यसै ज्ञापन पत्र मार्फत जोडदार माग गर्दछ ।’

अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए । नक्कली टिकट ठेलीबाट टिकट काटेर महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघलाई हानी नोक्सानी पु¥याएको भन्दै छानविन गरी दोषी पत्ता लगाउन माग गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0